Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले पार्टी प्रवेश अभियान चलाउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेले पार्टी प्रवेश अभियान सन्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवेश अभियान र १० औं महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प्राप्त प्रार्टी बन्ने एमालेले दाबीसमेत गरेको छ ।

‘हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ,’ एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा लेखिएको छ ।

नेपालको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै एमालेले एउटा ध्रुवको नेतृत्व आफूहरुले र अर्को ध्रुवको नेतृत्व पाँच दलीय सत्ता गठबन्धनले गरेको जनाएको छ । सत्ता गठबन्धनको गतिविधिको सामना गर्ने र आफ्नो शक्तिलाई थप सुदृढ बनाउन सफल हुने एमालेले जनाएको छ ।

पार्टी र पार्टीको मुख्य नेतृत्वका विरुद्धमा घेराबन्दी र आक्रमण भइरहेको बेलामा विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सफल पारेको दाबी समेत एमालेले गरेको छ ।

  • एमाले नेताहरुको कार्यविभाजन, जिल्ला र प्रदेश इञ्चार्ज पनि तोकियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४