Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई प्रचण्डको चुनौती : ‘ज्ञानेन्द्रसँग भएको भनिएको पाँच बुँदे सहमति प्रमाणित गर’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनु भएको छ ।

आज विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनु भएको हो ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिनु भएको थियो ।

उनले ओलीलाई मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि टिप्पणी गर्नु भएको छ । प्रचण्डले अगाडि लेख्नु हुन्छ, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन भन्दै प्रचण्डले सेयर होल्डरहरुसँग आग्रह समेत गर्नु भएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४