Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ ढंगले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला”पार्टी वेथितीले चलाए सशक्त रुपमा प्रस्तुत हुन्छौं”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा भएको हारलाई आफूले स्वाभाविक रुपमा लिएको बताएका छन् । तर आफूहरुले लिएको विचारको जित भएको भन्दै उनले अब आफ्नो यात्रा नयाँ ढंगले शुरु गर्ने बताए ।

कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आएका उनी दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित भए ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सभापतिमा विजयी देउवालाई बधाइ दिनुका साथै चार वर्षे कार्यकालको सफलताको कामना गरे । पार्टीमा भागवण्डा र गुटबन्दीको राजनीति नगर्ने भन्दै उनले भने, ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं ।’

निर्वाचन भएपछि हार जित स्वाभाविक भएको भन्दै उनले कसले के गर्‍यो ? किन गर्‍यो भन्ने कुण्ठा नभएको बताए ।

आफूहरुले लिएको राजनीतिक एजेण्डा स्थापित भएको र युवा पुस्ताका लागि अवसर खोलेको बताए । उनले अघि भने, ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । मेरो टीमका साथीहरु पनि पक्कै तपाईंहरुको घरदैलामा पुग्छौं र आगामी अधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।

महाधिवेशन प्रतिनिधिहरुले आफूलाई दिएको माया, सम्मान कहिल्यै बिर्सन नसक्ने कोइरालाले  बताए । उनले अघि भने, ‘यही मायाले मेरो राजनीतिक यात्रा फेरि एक पटक नयाँ ढंगले शुरु गर्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४