काँडाघारीमा भएको इन्काउन्टर’मा, एसएसपी सिंहको जागिर धराप
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण २४ गते बिहीबार :-
===================================
काँडाघारीमा इन्काउन्टर’मा कडा छानविन गर्न दवाव, गृहमन्त्रीमाथि प्रश्नको ओइरो, एसएसपी सिंहको जागिर धरापकाठमाडौं । काठमाडौंको काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने ११ वर्षीय निशान खड्का अपहरणमा परेर ज्यान गुमाउनु परेको छ । विविभन्न जिल्लाहरूमा बलात्कार र हत्याका घटनाले तिब्रता पाइरहेको छ । राजधानी शान्ति सुरक्षाको हिसावले सबैभन्दा सुरक्षित मानिन्छ । तर, काठमाडौंभित्रै अपहरण, हत्या र बलात्कारका घटना बढ्नुमा जिम्मेवारी लिएर बसेका सुरक्षा अधिकारीमाथि ठूलो प्रश्न उठेको छ । पहुँच र राजनीतिक दवावमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी लिएका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल र महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।
पछिल्लो समय नेकपाकी सांसद निरु पाललाई पेस्तोल तेर्छाउने व्यक्तिको खोजीमा दिनरात लगाएका उनीहरूले बालक अपहरण भएको सूचना समयमा पाउँदा पनि किन बचाउन सकेनन् भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । त्यति मात्रै होइन कोठाबाट पक्राउ परेका दुईजना अभियुक्त गोपाल तामाङ र अजय तामाङको इन्काउन्टरका नाममा हत्या भयो भनेर पनि सामाजिक सञ्जालमा प्रश्न उब्जिएको छ । बालक अपहरण गरेर हत्या गर्ने ती दुई अभियुक्तलाई नक्कली मुठभेडका नाममा गरिएको इन्काउन्टरले एसएसपी धिरजप्रताप सिंहको कार्यक्षमतामाथि प्रश्न उब्जिएको छ । सन्बिन्धत निकायले यस विषयलाई यतिकै छाड्नु हुँदैन । एउटा स्वतन्त्र छानविन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । होइन भने प्रहरीमाथिको विश्वसनीयता गुम्नेछ ।
निशानलाई अपहरण गर्नेहरूको अचानक पौने ९ बजे चमेलीको मोबाइलमा फोन आएपछि घटना सार्वजनिक भएको थियो । अपहरणकारीले ‘तिम्रो छोरा हाम्रो कब्जामा छ, ४० लाख रुपैयाँ तयार पार’ तत्कालै चमेली खड्काले गुहार मागिन् । छिमेकीहरू जम्मा भए । प्रहरीलाई खबर भयो । तर, रातभरिको प्रयासबीच पनि बालक भेटिएनन् । गोपाल र उनका साथी अजय तामाङले सानोठिमीस्थित आफ्नो डेरामा राति ढिलो फर्कने जानकारी गराएका थिए । उनीहरू राति १२ बजेमात्रै फर्किए । पछिल्लो जानकारीअनुसार उनीहरूले त्यतिवेलासम्म बालकको अपहरण र हत्या गरेर खाल्डोमा गाड्नसमेत भ्याइसकेका थिए । डेरामा फर्कंदा पूरै हिलाम्य भएको र राति नै लुगा र जुत्ता धोएर रेलिङमा सुकाएको उनका छिमेकीहरूले बताएका छन् । बिहान ७ बजे नै प्रहरी उनीहरूको डेरामा पुग्यो र ढोका लगाएर बाहिर छिमेकीले समेत सुन्ने गरी पिट्यो । उनीहरूकै बयानका आधारमा बालकको हत्या भएको जानकारी मिल्यो । गोपाल र अजयका घरबेटीले ठिमीकै नगदेश्वरमा बनाइरहेको नयाँ घरको पछाडिपट्टि खाल्डो खनेर बालकको शव पुरेको भन्ने उनीहरूको बयान पुष्टि भयो । किनकि, प्रहरीले त्यहाँबाट केहीवेरमै शव निकाल्यो । त्यतिन्जेलसम्म घरबाहिर भिड जम्मा भएको थियो ।
आरोपी दुवैलाई आँखामा पट्टी बाँधेर बाहिर निकाल्यो, गाडीमा राखेर लिएर गयो । ११ बजे दुवै आरोपीलाई गाडीमा राखेर लगिएको थियो । दिउँसो १ बजे खबर आयो, घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु । अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्वीटरमा प्रशंसा भयो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । प्रहरीले बालकलाई किन बचाउन सकेन भन्ने मूल विषय ओझेलमा परेको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् ।उनीहरू जंगलमा भाग्दै गरेको अवस्थामा मारिएको भन्ने प्रहरीले दाबी गरिसकेकाले त्यसअघि उनीहरूले आफ्नो डेरामा दिएको बयानसमेत औचित्यहीन भएको छ ।

यतिखेर गृहमन्त्रीको जिम्मेवारी पूर्वमाओवादी नेता रामबहादुर थापाले सम्हालेसँगै शान्ति सुरक्षा सुधारको आशा धेरैले गरेका थिए । तर, गृहमन्त्री थापाले शान्ति सुरक्षाभन्दा पनि सानातिना कुरामा धेरै जोडदिए । जसका कारण राजधानीसहित देशभरि हत्या र हिंसाका घटनाहरू बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थापालाई शान्ति सुरक्षा मजबुद बनाउन कसले रोक्यो भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ । त्यति मात्रै होइन गृहमन्त्री थापाका छोरा प्रतीक थापा र उनका साथीहरूले प्रहरी सरुवा, बढुवामा हस्तक्षेप गरेकै कारण देशको शान्ति सुरक्षामा समस्या आएको विश्लेषण हुन थालेको छ ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२