निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । तर पौडेल समूहले अझै सभापतिकको उम्मेदवारसमेत टुंगो लगाएको छैन ।
उम्मेदवार टुंग्याउन शुक्रबार राति बोहराटारमा बैठक बसेको थियो तर सभापतिको उम्मेदवारको टुंगो लागेन ।
पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन । वरिष्ट नेता पौडेलको नाममा समेत सहमति हुन सकेको छैन।
