Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पारिवारिक कम्पनीले सार्वजनिक खर्च गर्न सक्दैन : मन्त्री झाँक्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक किसिमको भएको टिप्पणी गर्नुभयो ।

‘पारिवारिक खालका साना कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैनन्, त्यसैले निर्माण कम्पनीको क्षमता विकास गर्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘निर्माण कम्पनीको क्षमता विकास भएमा मात्रै प्राविधिको विस्तार, पारदर्शिता र जवाफदेहिता हुन्छ, त्यसैले अब ढिलो चाँडो सार्वजनिक क्षेत्रमा काम गर्ने निर्माण कम्पनी अनिवार्य रूपमा सार्वजनिक कम्पनीमा जानुपर्छ ।’

निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्वपूर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरूले काम गर्ने क्षमतालाई विकास गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पुँजी भएको कम्पनी बनाउनुपर्ने तर्क गर्नुभयो । ठूला निर्माण कम्पनीलाई सार्वजनिक कम्पनी रुपमा विकास गर्दा जनताले १० कित्ता भए पनि शेयर पाउने उहाँको भनाइ छ ।

‘पूर्वाधार निर्माण कम्पनीको इज्जत र मर्यादा पनि रहन्छ, सबै विकास निर्माणका काम प्रति जवाफदेहिता र काम प्रति जनताको जिम्मेवारी दिने अवस्था सिर्जना हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब कम्पनीको अहिलेका विद्ययमान व्यवस्थाहरु पनि संरचना परिर्वतन गर्नुपर्छ ।’

मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पुँजीगत खर्च गर्ने क्षेत्र नै निजी क्षेत्र भएको बताउनुभयो । उहाँले पूर्वाधार क्षेत्रको खर्च गर्ने निर्माण व्यवसायी नै भएको बताउनुभयो । मन्त्री झाँक्रीले नेपालीको विकास, समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४