Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ ।

भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

यसैबीच, चीनले प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुननिर्माणमा पनि चीन नेपालसँग उभिएको बताउनुभयो ।

कोभिडविरुद्ध चीनले थप ४० लाख डोज खोप सहायता गर्ने बताउँदै विदेशमन्त्री यीले महामारीविरुद्ध नेपाललाई सघाउन चीन अडिग रहेको बताउनुभयो । चीनले नेपालसँग मिलेर साझा भविष्यको खोजी गर्न चाहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४