उनले भने, ‘बसन्त शाहीलाई यू१९ टिमको प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै सहायक प्रशिक्षक, फिजियो, म्यानेजर पनि चाँडै घोषणा हुनेछ।’ यू१९ एसिया कपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बुधबारबाट सुरु हुँदैछ। ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आईबार सम्पन्न वाइवाइ यू१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।
त्यही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट समितीले २० सदस्यीय प्रारम्भिक टोली छनोट गरेको छ। अब यू१९ एसिय कपका लागि केही दिन भित्रै अन्तिम टोली छनोट गरिने कार्यवाहक सचिव मल्लले जानकारी गराए ।
प्रशिक्षक ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।
