नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेसको रुख चिन्हमा मत नहाले कांग्रेस सकिन्छ भन्ने बोध गराए मात्रै विजयी बन्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक छ । चुनावभन्दा परको अवस्था हेरेर अघि बढे मात्रै कांग्रेस सबल बन्छ ।
उनले भने, ‘कसले बिगार्यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रने भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ। मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।
नेता थापाले यो महाधिवेशनपछि नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै नेता थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभइ अन्य नागरिकहरुलाई जोडिने वातावरण सिर्जन गर्नुपर्ने बताए ।
