Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई शम्भु थापाको प्रश्न : प्रधानन्यायाधीश त्यस्ता छैनन् भन्ने लागेको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 4K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्दैन भन्ने निश्कर्षमा पुगेको हो भनी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेको छ । सो टोलीमा रहेका वरिष्ठ अधिवक्ता थापाले आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका हुन् ।

‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले‍…’ उनले भने, ‘हामीसँग त चियागफमा पनि भेट हुँदैन ।’

वरिष्ठ अधिवक्ता थापाले पर्याप्त आधार हुँदा पनि राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आनाकानी गरेकोमा असन्तुष्टि जनाए । ‘यही प्रधानन्यायधीशलाई देउता ईश्वरझैं मान भनेर सबै राजनीतिक दलले भने पनि हामी मान्नेवाला छैनौं’ उनले भने ।

उनले संविधानले राजनीतिक दलहरुलाई जनताको सार्वभौमसत्ता प्रयोग गर्ने अधिकार दिएको भन्दै उक्त अधिकार प्रयोगका लागि आग्रह गर्न आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४