Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने शाहीले बताउनुभयो । शाही यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य भइसक्नु भएको छ ।

उहाँ कांग्रेस हुम्लाको संस्थापक सभापति हुनुहुन्छ । शाही २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको पहिलो सभापति बन्नु भएको थियो ।

त्यस्तै, २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गर्नु भएका शाही ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य हुनु भएको थियो ।

०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनबाट सांसद निर्वाचित हुनुभएका शाही ०७४ मा प्रदेश सांसद हुनु भएको थियो ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४