Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रस्तावित राजदूत खत्री भन्छन् : एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २० २०७८
  • 4.8K
    SHARES

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताएका छन् । यसमा नेपाल र अमेरिका दुबै तर्फबाट भ्रम फैलाइएको समेत उनले बताए ।

सोमबार संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले भने, ‘इन्डो प्यासिफिकसँग जोड्ने धारणा केही यताबाट गलत हो र केही उताबाट पनि हो ।’

एमसीसी विकासका लागि आएको अनुदान भएको र संसदबाट पास हुनुपर्छ भनेर नेपालकै कानुन मन्त्रालयले भनेको खत्रीले स्मरण गरे । अमेरिकी सहायकमन्त्रीले पनि एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ भनेकाले भ्रम फैलिएको उनले बताए ।

एमसीसी देशभित्रको विवादमा अल्झिएको भन्दै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४