Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा राहिम स्टर्लीङले एक गोल गरे । वाट्फोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काए ।

जितसँगै म्यान्चेस्टर सिटी जारी सिजनमा पहिलो पटक लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । १५ खेलबाट सिटीको ३५ अंक भएको छ । समान खेलबाट ३४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिँदा ३३ अंकको चेल्सी तेस्रो स्थानमा झरेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्काे खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले ३–२ ले पाखा लगायो । यसैगरी, न्युकासल युनाइटेडले बर्नलेलाई १–० ले पराजित गर्दा साउथह्याम्पटन र ब्राइटनले १–१ गोलको बराबरीमा चित्त बुझाउनुप¥यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४