Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारको नाम मतपत्रमै छुटेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.7K
    SHARES

विराटनगर । मतपत्रमा उम्मेदवारको नाम छुटेपछि नेपाली कांग्रेस प्रदेश १ को मतदान रोकिएको छ ।

शनिबार बिहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका थियो । तर उम्मेदवारको नाम छुटेपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए । मतदान एक बजेपछि सुरु हुने अधिकृत थापाले बताए ।

मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम छुटेको थियो । नेपालीले दलित कोटाबाट, खड्कीले भूगोल खुलाबाट र शान्तिकलाले महिला खुलाबाट मनोनयन दर्ता गरेका थिए । उम्मेदवारको नाम छुटेपछि उम्मेदवारहरुले विरोध गरेका थिए । विरोधपछि मतदान रोकिएको हो । नाम समावेश गर्ने सहमति भएको उम्मेदवार खड्कीले बताए ।

नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरूराज घिमिरेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तर्घातको डर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४