Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बहालवाला राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश जारी भयो।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १८ २०७५
  • 3.7K
    SHARES

बहालवाला राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश जारी भएको छ।

जन न्युज नेपाल खबर  डट कम प्रतिनिधि जनकपुर :-१८ श्रावण शुक्रबार, २०७५  प्रकाशित

Gaunsahar

जकनकपुरजलेश्वर :- विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश जारी भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ ।

जिल्ला अदालतको आदेशलाई बेवास्ता गर्दै महोत्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी श्रीमती शोभा गहतराजले चार महिनाअघि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा.रवि शर्मा अर्यालको संयुक्त इजलासले मंगलबार जिल्ला प्रहरी कार्यालय र उक्त कार्यालयका प्रमुखका नाममा आरोपितलाई पक्राउ गर्न परमादेश जारी गरेको हो।

मधेश आन्दोलन क्रममा २०७२ भदौ २५ मा आन्दोलनकारीले महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दाजु प्रेमबहादुर विकले असोज १ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा २८ जनाको नाम किटेरै जाहेरी दर्ता गराएका थिए । सोही जाहेरी आधारमा जिल्ला अदालतले आरोपितलाई बयानका लागि पेस गर्न आदेश गरेको थियो । २८ जनामध्ये प्रहरीले अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । तीमध्ये सञ्जय साह र प्रमोद साह पुर्पक्षका लागि कारागारमा छन् भने मोहन ठाकुर तारेखमा छन् । अन्य आरोपित फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको छैन ।

महोत्तरी प्रहरीले फरार भनेका अरोपित अभिराम शर्मा हालै प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् । उनी राजपाका नेता हुन् । उनले एक साताअघि मात्रै शपथग्रहण गरी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्का आरोपित महोत्तरी खैरबनीका कौशलकुमार यादव संघीय समाजवादी फोरमबाट प्रदेश सांसद छन् । शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ ९१० र यादव महोत्तरीकै ४ ९१० बाट निर्वाचित प्रदेश सांसद हुन् ।आरोपितमध्येका राजपाका स्थानीय नेता शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् । आरोपित राजपाकै लक्ष्मी महतो प्रदेशसभा सदस्य पदमा महोत्तरी १ ९१० बाट झिनो मतान्तरले पराजित भएका हुन् । उनीहरू खुलेआम घुमफिर गर्दा पनि प्रहरीले अदालतको आदेशसमेतलाई बेवास्ता गरी पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी पत्नी गहतराजले बारम्बार गुनासो गर्दै आएकी थिइन् ।

यसअघि अदालतले गहतराजको रिटउपर सुनुवाइ गर्दै महोत्तरी प्रहरीको नाममा कारण देखाऊ आदेश गरेको थियो । जवाफमा महोत्तरी प्रहरीका प्रमुख एसपी कुवेर कडायतले रिटमा झुटो अभियोग लगाइएको जिकिर गर्दै उक्त रिट खारेजीको माग गरेका थिए ।मंगलबार प्रहरीका नाममा उच्च अदालतले परमादेश जारी गरेको छ । सो आदेशपत्र पाएपछि पाउनासाथ कार्यान्वयनमा जाने कडायतले बताए । ‘अदालतले परमादेश जारी गरेको अनौपचारिक खबर पाएको छु । परमादेशबारे लिखित जानकारी आएपछि कार्यान्वयन गर्छु,’ एसपी कडायतले  जन न्युज नेपाल खबर डट कम लाइ जानकारी गराए। 

हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४