Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया शुरु हुदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १६ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । तर मतदाता नामावली प्रकाशनमा गरिएको ढिलाईले समग्र निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ ।

हिजो साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता नामावली अहिलेसम्म प्रकाशित हुन सकेको छैन । जसका कारण आज विहान ९ बजेदेखि शुरु हुनुपर्ने उम्मेदवारको मनोनयन पनि पर धकेलिने भएको छ ।

उद्घाट्न समारोह सकिएलगत्तै हिजो साँझदेखि शुरु भएको बन्दसत्रमा अध्यक्षत्रयका प्रतिवेदन र विधान संशोधन मस्यौदा पेश गरिएको थियो । आजको बन्दसत्रले ती प्रस्तावहरु पारित गर्ने छ ।

यसैबीच, उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४