Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहदरबारमा गोली चल्दा असईलाई नसियत, टिकटक बनाउने पीएसओ पनि कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीको गल्ती देखिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको छानविनमा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरबाहीले घटना भएको निष्कर्षसहित उनलाई नसियत दिएको छ । भारतीले बोकेको पेस्तोल १० कात्तिकमा सिंहदरबारभित्र पड्किएको थियो । तर कसैलाई लागेको थिएन ।

प्रहरी प्रधान कार्यालयले गरेको छानविनबाट भारतीले नयाँ पेस्तोल ल्याएको र नम्बर टिपाउने क्रममा ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको देखिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार हतियारसहित बर्दीमा रहेका वेला टिकटक बनाउने असई कमलेश यादव पनि कारबाहीमा परेका छन् । उनी प्रदेश १ का एक जना मन्त्रीको सुरक्षामा खटिएका थिए ।

दुवैलाई जिम्मेवारीबाट तानेर प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा ल्याइएको छ । कुँवरका अनुसार यादवलाई स्पष्टिकरण सोध्ने तयारी भइरहेको छ । ‘यो कारबाही प्रक्रियामा गइसकेको विषय हो, हाललाई जिम्मेवारीबाट हटाएका छौं’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४