Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु, एसिया र अफ्रिकाका १६ अरब टोलीको सहभागिता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.1K
    SHARES

काठमाडौं । फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु भएको छ । अर्को वर्ष कतारमा विश्वकप फुटबल सुरु हुनुभन्दा ठिक एक वर्ष अगाडी मंगलबारबाट अरब कप सुरु भएको हो ।

अरब कपको उद्घाटन खेलमा ट्युनिसियाले मौरितानियालाई ५–१ ले हराएको छ । पहिलो दिनका अन्य खेलहरुमा आयोजक कतारले बहराइनलाई १–० ले हराउँदा युएईले सिरियालाई २–१ ले पराजित ग¥यो । यसैगरी इराकले ओमानसँग १–१ गोलको बराबरीमा चित्त बुझायो ।

विश्वकप २०२२ का लागि तयार पारिएका रंगशालाहरुमा फिफा अरब कप फुटबल आयोजना गरिएको हो । प्रतियोगितामा एसिया र अफ्रिकाका १६ उत्कृष्ट अरब टिमहरुको सहभागिता रहेको छ ।

चार समुहमा विभाजित टोलीहरुलाई लिग कम नकआउटको आधारमा खेलाइदैछ । प्रतियोगिताको समुह ‘ए’ मा कतार, इराक, ओमान र बहराइन, समुह ‘बि’ मा ट्युनिसिया, युएई, सिरिया र मौरितानिया, समुह ‘सि’ मा मोरक्को, साउदी अरबयिा, जोर्डन र प्यालेस्टाइन तथा समुह ‘डि’ मा अल्जेरिया, इजिप्ट, लेबनान र सुडान रहेका छन् ।

प्रतियोगिताको फाइनल खेल कतारको राष्ट्रिय दिवसको अवसर पारेर डिसेम्बर १८ तारिखमा खेलाइने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४