Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.5K
    SHARES

काठमाडौं, मंसिर १४ । सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु भएको हो ।

उहाँले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, नेपाल विद्युत प्रधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको ‘अन कम्पास इन्टरनेशनल समिट एण्ड ह्यूमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेशन एन इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागि हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता कार्कीले प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप नेपाल र जनवादी गणतन्त्र चीनका बीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने, नेपाल सरकार र यूएनडिपी बीच सम्पन्न भएको स्ट्याण्डर बेशिक असिस्टेण्ट एग्रिमेण्टलाई लागू गर्न कुटनीतिक नोट परराष्ट्रमन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने, मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिका राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेशी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको पनि बताउनु भयो । प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरुलाई सरुवा गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ भने, शहरी विकास मन्त्रालयमा कार्यरत सचिव डा. रमेश सिंहलाई अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा, सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा, सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा, एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा कार्यरत सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४