Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।

पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

निर्वाचन समिति अनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् भने सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका छन् । सहसचिव पदमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी भएका हुन् ।

पदाधिकारीमा विजयी सबै सभापति थापा समूहकै रहेको समितिले जनाएको । कोषाध्यक्ष पदमा भने कार्यसमितिले मनोनित गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४