Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् ।

दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ ।

गत सिजन अन्तिम खेलमा आर्मीलाई पराजित गरेर पहिलो पटक लिग जितेको मछिन्द्र यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मछिन्द्रले यस सिजन जितबाट लिगको सुरुआत गरेको थियो ।

पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने योजनामा मछिन्द्र छ ।

उता आर्मीले भने नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेल्दै लिग सुरुआत गरेको थियो । आर्मीले पनि यस सिजन उपाधि जित्ने लक्ष्य राखेको छ । पहिलो खेलमा बराबरी खेलेको आर्मी सिजनको पहिलो जितका लागि खेल्दैछ ।

उपाधि जित्ने लक्ष्य राखेका दुई टिमबीचको खेल प्रतिक्षित बनेको छ । दुवै टिममा राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरू धेरै छन् । मछिन्द्रको पहिलो जितमा सुनिल बलले २ गोल गरेका थिए । सुनिलसँगै मनिष डाँगी, सुजन श्रेष्ठ, नुर्लान नोभ्रुजोभ, विशाल राई, विमल घर्ती मगर, रन्जित धिमाल, विशाल श्रेष्ठलगायत खेलाडी छन् ।

यस्तै भरत खवासको कप्तानीमा रहेको आर्मीमा विकेश कुथु, जर्ज प्रिन्स कार्की, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ, गौतम श्रेष्ठ लगायत खेलाडी छन् । फरवार्ड नवयुग श्रेष्ठ भने यस सिजन चोटका कारण मैदान उत्रने छैनन् ।
आजै दिउँसो १ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गरेको ब्रिगेड ब्वाइज क्लब सोही लयलाई कायम राख्दै लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

एनआरटी भने पहिलो जितको खोजीमा छ । एनआरटी पहिलो खेलमा मछिन्द्रसँग २-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४