साँझ ८ बजेतिर भने केही नेताहरु बन्दसत्र सञ्चालन हुने होटल सेभेन स्टारतर्फ गएका छन् । ओलीलाई भेटेर फर्किएका नेता प्रदीय ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उनले भने ।
नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन ।
