Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनआरएनए अध्यक्ष पन्तले हाले सरकारविरुद्ध मुद्दा, अभियन्ताहरु विरोधमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १२ २०७८
  • 1.7K
    SHARES

काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ।संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्।

अदालत सूत्रका अनुसार मुद्दामा दशौं महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ।गत मंगसिर ३ गते परराष्ट्र मन्त्रालयले संघलाई एक पत्र लेख्दै कुमार पन्त नेतृत्वको कार्य समितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पुरा भै सकेकोले संघको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्न विधानको धारा १६ बमोजिम संरक्षक परिषदलाई जिम्मा दिइएको जनाएको थियो।

तर कार्यसमितिका बहुसंख्यक पदाधिकारीहरु, सल्लाहकारहरु तथा संरक्षकहरुको राय विरुद्ध केन्द्रीय सचिवालयलाइ दबाब दिएर पन्तले सरकार विरुद्ध मुद्दा दायर गर्न लगायका छन्।‘स्थापना कालदेखि नै हामीले नेपाल सरकारसंग सहकार्य गर्दै आएका छौं। अहिले सरकार विरुद्ध मुद्दा मामिला गर्नु दुर्भाग्यपूर्ण छ’, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले भने। उनले मुद्दा मामिलाले संस्था धरापमा पर्ने र संस्था नै नरहने स्थिति आउन सक्ने हुनाले मुद्दा फिर्ता लिएर संघभित्रै छलफल र संवादद्वारा सहमति खोज्न आग्रह पनि गरे।

‘मुद्दामामिला गर्न अध्यक्षलाई म्यान्डेट छैन’

गैर आवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले परराष्ट्र मन्त्रालयको निर्देशन विरुद्ध अदालत जानेबारे संघमा कुनै पनि निर्णय नभएको र अध्यक्ष कुमार पन्तलाई त्यस्तो म्यान्डेट पनि नरहेको जनाएका छन्।‘व्यक्तिगतरुपमा जो पनि अदालत जान सक्छ, त्यो व्यक्तिको हकको कुरा हो। तर लाखौं एनआरएनहरुले बुझाएको सदस्यता शुल्क खर्च गरेर नेपाल सरकार विरुद्ध मुद्दा मामिला गर्नु संस्थाको हितमा छैन,’ आचार्यले भने, ‘त्यस्तो कदम विरुद्ध आवश्यक परे हामी अदालतमै उपस्थित हुने छौं।’

यसअघि संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)का बहुमत पदाधिकारीहरुले कामचलाउ अध्यक्ष पन्तलाई नेपाल सरकार विरुद्ध मुद्दामामिला नगर्न सुझाव दिएका थिए । गत मंगलबार अध्यक्ष पन्त लगायत आइइएसलाई एक पत्र लेख्दै उपाध्यक्ष मन केसीले परराष्ट्र मन्त्रालयको निर्देशन पालना गर्न सुझाव दिए ।‘जुनसुकै दलको भए पनि हामीले नेपाल सरकारसंग समदूरी राख्दै आएका छौं। कोभिड महामारी लगायतका कठिन समयमा पनि हामीले नेपाल सरकारसंग सहकार्य गरेका छौं। त्यसैले हामीले नेपाल सरकारसंग लडाई झगडा गर्नु हुँदैन र हामीलाई त्यस्तो म्यान्डेट पनि छैन। यदि त्यस्तो कुनै निर्णय गर्नुपरे सम्पूर्ण पन्जीकृत सदस्यहरु वा पंजीकृत सदस्यहरुको दुइ तिहाई भन्दा बढीको पूर्ण म्यान्डेट आवश्यक पर्दछ,’ केसीले भने ।

यसैगरी आइसीसीका उपाध्यक्ष सोनाम लामाले नेपाल सरकारसंग सहकार्य गरेर जानुपर्ने, मुद्दामामिला गर्न नहुने बताएका छन्।सहकोषाध्यक्ष लोक दाहालले पनि पन्तलाई एक पत्र पठाउंदै संघ अहिले इतिहासकै कठिन मोडबाट गुज्री रहेको बताए। उनले संस्था र लाखौं प्रवासी नेपालीको हितलाई मध्येनजर गरी काम गर्न र सरकार विरुद्ध मुद्दा मामिला नगर्न आग्रह गरेका छन् ।त्यस्तै संघका सचिव आरके शर्माले पनि अहिले संघभित्र उत्पन्न विषम परिस्थितिमा अदालतमा गएर दूरी बढाउन नहुने बताएका छन् । ‘अदालतले जस्तो सुकै फैसला सुनाए पनि हाम्रो मनभेद बढ्दै जानेछ। अदालत समाधान होइन। कमी कमजोरी भगवानका पनि हुन्छन, त्यसैले सुधार गर्दै जानु पर्यो,’शर्माले भने।

यसैगरी एसिया प्रशान्त क्षेत्र संयोजक रोविन्द प्रसाद श्रेष्ठ ,सहसंयोजक खगेन्द्र न्यौपाने, मध्यपूर्व संयोजक प्रविण गुरुङ,सहसंयोजक मनोज गोर्खाली, मध्यपूर्व युवा संयोजक राज रेग्मी लगायतले संस्था अहिले इतिहासकै कठिन मोडबाट गुज्रीरहेको अवस्थामा सरकारसँग मुद्दा मामिलामा नगई वार्ताबाट नै समस्या समाधान गर्नुपर्ने बताएका छन ।संघका अधिकांश पदाधिकारी र एनसीसीहरुको भावना विरुद्ध एकपक्षीय रुपमा नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने अध्यक्ष पन्तको कदम संस्थाको हित विरुद्ध र आत्मघाती भएको भन्दै त्यसको चौतर्फी आलोचना गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४