Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशन ‘कुम्भमेला’ हो, हाम्रो चैँ विचार निर्माणकाे अभियान हो : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 2.7K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा जारी एमाले महाधिवेशनलाई ‘कुम्भ मेला’को संज्ञा दिएका छन् ।

शनिबार आफ्नो पार्टीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचन्डले उक्त कुरा बताएका हुन् । शुक्रबारदेखि चितवनमा जारी एमालेको १० औँ महाधिवेशन विचार तथा बहस बिनको खालि कुम्भमेला बनेको प्रचन्डको भनाइ थियो । उनले पार्टीमा विचार निर्माणका लागि बहस गर्नुपर्ने तर एमालेको महाधिवेशनमा त्यसो नभएको बताए ।

‘हिजो हामीले चितवनमा कुम्भमेलाजस्तो देख्यौँ । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन, त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,’ उनले भने, ‘उनीहरुभन्दा भिन्न हामी चैँ विचार निर्माण, राजनीतिक लाइन र संगठनात्मक कार्यदिशाका साथै कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिन सम्मेलन गर्दैछौँ ।’

वडास्तरदेखि नै सम्मेलन गरेर अन्तमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको आफ्नो पार्टीले विचारको बहसलाई प्राथमिकता दिँदै आएको प्रचण्डको भनाइ थियो । उनले अरुका तथाकथित अधिवशेनसँग आफ्नो पार्टीको वैचारिक संश्लेषण हुने सम्मेलनको तुलना गर्न नसकिने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४