Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 4K
    SHARES

स्याङ्जा । नेपाली काँग्रेस १४ औ महाधिवेशन अन्तरगत शुक्रबार सम्पन्न भएको निर्वाचन बाट स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ ।

संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली कांग्रेस सचेतक एवं सांसद मल्लबीच सभापतिका लागि निकै कडा प्रतिस्पर्धा देखिएको थियोे । भर्खरै सम्पन्न भएको मतगणनामा थापाले १११७ मत ल्याई निर्वाचित हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याउनु भएको छ । उहाँहरुको जम्मा मतान्तर ३२ रहेको छ । स्याङजामा २२५७ मतदाता रहेकामा शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो। राजु थापा संविधान सभा सदस्य हुन् भने भागभत मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ ।

त्यस्तै उपसभापतिमा केदार काफ्ले १३७० मत र शेर बहादुर थापा ८९३ मत ल्याई बिजयी भएकाछन् । त्यस्तै सचिवमा गुरु प्रसाद भट्टराई १२९२ र दामोदर लम्साल ९३४ मत ल्याइ बिजयी भएका छन् । त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल ११५८ मत र पृथ्वी प्रसाद पोख्रेल ९३९ मत ल्याई निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४