Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको ३२ जिल्ला सभापति चुनिए : कुन पक्षका कति ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 3.2K
    SHARES

 काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ ।

प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले दशैंअघि नै हिमाली जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । तर २२ हिमाली जिल्लामध्ये दशैंअघि जम्मा १३ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशनको पछिल्लो संशोधित कार्यतालिका अनुसार मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको हो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये तीन जिल्लामा मात्रै नेतृत्व चयन हुन बाँकी छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा दशैंअघि नै अधिवेशन भइसकेको थियो ।

दार्चुलामा शुक्रबार अधिवेशन भएपनि साँझसम्म मत परिणाम सार्वजनिक भइसकेको छैन । रसुवामा वडा अधिवेशन मात्रै भएको छ भने धनकुटामा अधिवेशन हुन सकेको छैन । सोलुखुम्बुमा मंसिर १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ । जिल्ला सभापति पदमा तीन उम्मेदवार भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा हुने भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३२ जिल्लामध्ये संस्थापन समूहले १७ जिल्लामा र १४ जिल्लामा संस्थापनइतर समूह विजयी भएको छ ।

रुकुम पश्चिमबाट सभापतिमा सर्वसम्मत चयन भएका प्रेमप्रकाश वलीले आफू कुनै गुटमा नरहेको बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘समय आएपछि गुट खुलाउँला । अहिले मलाई कांग्रेसकै रुपमा बुझिदिनुस् ।’ कांग्रेस संस्थापन समूहले भने वली आफूनिकट भएको दावी गरेको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् ।

त्यस्तै सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दिपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् । सभापति पदमा निर्वाचित डोटीका नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल र पर्वतमा युवराज जोशी संस्थापननिकट हुन् ।

त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् ।

अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै रोल्पाका सभापति किशोर आचार्य र खोटाङबाट सभापति निर्वाचित विष्णुकुमार राई संस्थापनइतर समूहका हुन् ।

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१‍. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

२. मोहनविक्रम सिंह, हुम्ला

३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

४. ऐनबहादुर शाही, मुगु

५. खडक बोहरा, बझाङ

६. खमबहादुर गर्बुजा, म्याग्दी

७. शंकर गुरुङ, मनाङ

८. केशरबहादुर विष्ट, सल्यान

९. दीपेन्द्र शाही, डोल्पा

१०. भीमबहादुर साउद, डडेल्धुरा

११. कर्णबहादु शाही, जुम्ला

१२. बेदराज सिंह, जाजरकोट

१३. रुपनारायण जवेगु, पाँचथर

१४. डा. टकबहादुर गुरुङ, लमजुङ

१५. नरेन्द्रबहादुर सिंह, डोटी

१६. तेजेन्द्र खनाल, ओखलढुंगा

१७.  युवराज जोशी, पर्वत

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा

२. अम्मबहादुर शाही, कालीकोट

३. बर्मा लामा, दोलखा

४. रोमी गौचन, मुस्ताङ

५. केशरमान रोका, रुकुम पूर्व

६. नन्दप्रसाद न्यौपाने, गोरखा

७. रामसिंह रावल, बाजुरा

८. केशव श्रेष्ठ, अर्घाखाची

९. विष्णुकुमार गिरी, प्यूठान

१०. चतुरबहादुर चन्द, बैतडी

११. विनोद बान्तवा, भोजपुर

१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम

१३. किशोर आचार्य, रोल्पा

१४. विष्णुकुमार राई, खोटाङ

स्वतन्त्र 

१. प्रेमप्रकाश वली, रुकुम पश्चिम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४