Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, आउनसक्छ विधान संशोधनको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 7.8K
    SHARES

 चितवन । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ बस्दैछ । नारायणी नदी किनारमा भएको उद्घाटन समारोहपछि साँझ ८ बजे सौराहमा बैठक बोलाइएको छ ।

केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् । नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा तीव्र छ । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सहमतिबाटै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

गते असोज १५–१७ मा भएको विधान महाधिवेशनबाट संशोधित एमालेको विधानअनुसार केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ छ । स्रोतका अनुसार केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओली सकारात्मक देखिएका छन् ।

तर पदाधिकारी बढाउन भने ओली तयार देखिएका छैनन् । हालको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ पदाधिकारी रहने छन् । नेताहरुले भने यसलाई २१ वा २३ सम्म पुर्‍याएर भएपनि सहमतिका साथ नेतृत्व चयन गर्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४