Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनस्थलमा राखिएन ओलीको ‘कटआउट’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 8.6K
    SHARES

चितवन । शुक्रबार उद्घाटन हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मञ्च निर्माण तथा परिसर सजावट कार्य बिहीबार साँझसम्मै गरिएको छ । चितवनको नारायणी किनारमा निर्माण गरिएको मञ्च परिसरमा एकसिंगे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको मस्कट उभ्याइएको छ ।

मञ्च परिसरमा कम्युष्टि पार्टीको झण्डा, एमालेको चुनाव चिह्न सूर्य र मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको ब्यानर राखिएको छ । महाधिवेशन उद्घाटन हुने मञ्च परिसरमा जीवित नेताहरुको तस्वीर राखिएको छैन ।

यसअघि एमालेको कार्यक्रमहरुमा केपी शर्मा ओलीको ‘कटआउट’ उभ्याउने र ठूलठूला तस्वीर टाँग्ने गरिएको थियो । गत असोजमा काठमाडौंको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा पनि ओलीको कटआउट राखिएको थियो ।

अघिल्ला महाधिवेशनहरुमा नेताहरुले आफ्नो उम्मेदवारीको ब्यानर र पोस्टर टाँग्ने गरेका थिए । तर यसपटक उम्मेदवारी घोषणा गरेका नेताहरुको समेत बिहीबार साँझसम्म कुनै प्रचार सामग्री देखिएको छैन ।

एमाले अध्यक्ष ओलीका समर्थकले सवारी लगायत निजी प्रयोजनका साधनहरुमा भने ओलीको तस्वीर राखेका छन् ।

    #हेर्नुहोस् तस्वीरहरु

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४