यो चलचित्रका लागि नवराजले तीन जना निर्देशक फेरिसकेका छन् । यसैले लिखित सम्झौता नभएसम्म बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक नगर्ने नवराज बताउँछन् । चलचित्र ‘रत्नपार्क’को वर्कसप पुसबाट शुरु हुनेछ । नवराज भन्छन्, ‘भिटेन बाहेक अरु कलाकार त व्यावसायिक नै हुनेछन् ।’
‘रत्नपार्क’का लागि आफूले सकेको मिहिनेत गर्ने भिटेनले बताए । चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको उनको भनाइ छ । ‘भिटेनले वर्कसपमा लिने समयको आधारमा हामी चलचित्रको छायांकन कहिलेबाट शुरु हुन्छ भन्न सक्नेछौं,’ निर्माता गिरीले भने ।
तर, यो चलचित्रलाई आगामी दशैंको फूलपातीमा रिलिज गर्ने गिरीको योजना छ ।
