यी हुन् तरुण दलमाथि गोली ठोक्न सडकमा उक्साउने प्रहरी :-जनताले तिरेको कर बाट तलब खाने अनि जनतालाई मार्न उक्साउने यस्ता प्रहरीलाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ :-

काठमाडौं । नेपाल तरुण दलले काठमाडौंको माइतीघरदेखि शुरु गरेको प्रदर्शन नयाँ बानेश्वरमा पुग्दै गर्दा प्रहरीले हस्तक्षेप गरेपछि उत्पन्न परिस्थितिलाई झन् भड्काउन एकजना प्रहरीले पेस्तोल हातमा लिएर प्रदर्शनकारीलाई लखेटेको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।
नेपाल कम्युनिस्ट पाटिको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको आदेशमा प्रहरीले नेपाल तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको थियो ।
नेपाल तरुण दलले आफूहरूले शनिबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ ।
नेपाल तरुण दल
ले प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको आदेशमा शान्तिपूर्ण प्रदर्शनमा गोली हान्ने गरेर केही प्रहरीलाई विशेष रुपमा खटाएको आरोप लगाएको छ ।
नयाँ बानेश्वरमा झडप भएपछि शसस्त्र प्रहरीका एकजना हवल्दारले पेस्तोल लोड गरेर प्रदर्शनकारीलाई लखेटेका थिए ।
पेस्तोल लोड गरेर प्रदर्शनकारीतिर तोकेर हान्न खोजेका ती प्रहरी हवल्दारले पत्रकारहरूले आफ्नो भिडियो र तस्बिर लिएको थाहा पाएपछि पेस्तोललाई टोपीले लुकाउँदै एउटा बैंकभित्र प्रवेश गरेर लुकेका थिए ।
नेपाल तरुण दलले शान्तिपूर्ण प्रदर्शनमा पेस्तोल ताकेर प्रदर्शनकारीलाई उत्तेजित बनाउन खोज्ने प्रहरीलाई कारबाही गर्न माग पनि गरेको छ । यस्ता जनताको रगतपसिना र कर बाट तलबभत्ता खाएर आफ्नो परिवार पालेर बस्ने प्रहरीहरूले नै जनताको सार्बभौमसत्ता र आफ्नो नैसर्गिक अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा भागलिएको अबस्थामा गोली लोड गरेर मान्छे मार्न उक्साउने सशस्त्र प्रहरीलाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।जब कि आन्दोलनकारी लाई उत्तेजित बनाउन उक्साउनु र गोलि हान्न तम्साउनु कति सान्दर्भिक छ। नेपाल सरकारले बुझ्न् जरुरी छ। ===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२