Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको समस्यामा न्यायालयले निकास नदिए आवश्यक कदम चाल्छौं : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 2.2K
    SHARES

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको जनाए ।

बुधबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए । ‘न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ प्रचण्डले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’

प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्याका विषयमा अहिलेसम्म गठबन्धनभित्र छलफल नभएको दाबी समेत गरे । तर हालै सुदूरपश्चिम पुगेर फर्किएका सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने गठबन्धनको बैठक बसेर अदालतको समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय भएको बताएका थिए ।

एमसीसीको सन्दर्भमा बोल्दै प्रचण्डले जनतालाई बुझाएर मात्र पारित गर्नुपर्छ  भन्ने आफ्नो धारणा रहेको जनाए । सत्ता गठबन्धनबारे केही मानिसले आफ्नो स्वार्थ अनुकूल बोलिरहेकाले त्यसमा कुनै सत्यता नरहेको दाबी उनले गरे ।

अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी प्रचण्डले गरे । हाल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार पनि परिवर्तन नहुने उनले बताए ।

बुधबार बिहान धनगढी आइपुगेका प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न पूर्वी कैलाली प्रस्थान गरेका छन् । उनी यहाँ रहँदा विभिन्न ठाउँमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४