Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्युठान सभापतिमा पौडेल पक्षका गिरी निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.5K
    SHARES

बुटवल । नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । गिरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार शिवराज रिजाललाई ७२ मतले पछि पार्दै गिरी विजयी भएका हुन् ।

निर्वाचनमा एक हजार ६९ मत खसेकोमा गिरीले ५६६ मत तथा रिजालले ४९४ मत प्राप्त गरेका र ९ मत बदर भएको निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए ।

सभापतिमा निर्वाचित गिरी गौमुखी गाउँपालिका अध्यक्ष हुन् । जिल्ला कार्यसमितिका सदस्य र महाधिवेशन प्रतिनिधिहरू भने सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वर सिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर तथा सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका छन् ।

यस्तै, महाधिवेशन प्रतिनिधिमा निमा गिरी, भगवता विष्ट, निशा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्मबहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझी, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४