Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनपी भर्सेस रमेश : केन्द्रमा एकसाथ, जिल्लामा प्रतिद्वन्द्वी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक पार्टीमा संस्थापन समूहका नेता हुन् । केन्द्रमा सभापति शेरबहादुर देउवासँगै रहेपनि कञ्चनपुरको जिल्ला राजनीतिमा भने आआफ्नै गुट चलाउँदै आएका छन् । मंसिर २४–२५ सम्म हुने १४औं महाधिवेशनमा पदाधिकारी पदमा दावी गरेका दुई नेताबीच जिल्लामा तल्लो तहसम्मै प्रतिस्पर्धा छ । दुई नेताले वडा तहको अधिवेशनदेखि नै छुट्टाछुट्टै प्यानल खडा गरेर प्रतिस्पर्धामा उत्रिएका हुन् । दुबै नेताले जिल्लामा आफ्नो पकड स्थापित गर्न एक अर्काविरुद्ध कडा मोर्चाबन्दी गरेका छन् ।

तीन निर्वाचन क्षेत्र भएको कञ्चनपुर–१ मा दिवान विष्ट, निर्वाचन क्षेत्र नं. २ मा एनपी साउद र तीनमा लेखक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । अधिवेशनमा साउद र विष्टले लेखकविरुद्ध मोर्चाबन्दी गरेका हुन् । दुई नेता एक ठाउँमा उभिएपछि अन्ज्यत्र कमजोर देखिएका लेखकले आफ्नो निर्वाचन क्षेत्रमा भने पकड कायमै राखेका छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनमा निर्वाचन क्षेत्र १ र २ को कार्यसमितिमा लेखकको प्यानल पराजित भएको छ । उनीनिकट महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरु पनि पराजित भए । लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर–३ मा भने साउद–विष्टको प्यानल पराजित भएको छ ।

कञ्चनपुर–१ मा साउद–विष्ट समूहबाट गोपीप्रसाद उपाध्याय क्षेत्रीय समितिमा विजयी भएका छन् उनले लेखक समूहका उम्मेदवार हरिश चन्द ठकुरीलाई पराजित गरेका हुन् । उपाध्यायले २६७ मत ल्याउँदा ठकुरीले २२९ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ मा पनि साउन प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिका उम्मेदवार लालबहादुर सिंहले ३४१ मत पाएर विजयी भए । नेता साउदको निर्वाचन क्षेत्र रहेको कञ्चनपुर–२ को सभापतिमा उम्मेदवार बनेका लेखक समूहका नवराज जोशीले १२७ मत पाएको निर्वाचन समितिले जनाएको छ । लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर–३ मा भने साउद समूह पराजित भएको छ । क्षेत्रीय कार्यसमिति सभापति पदमा केशवबहादुर चन्द विजयी भए भने साउद समूहका उम्मेदवार गणेश नेगी पराजित भए ।

  • जिल्ला सभापति, उपसभापति र सचिव पराजित

नेताद्धय साउद र लेखकबीच जिल्लामा ‘को शक्तिशाली’ भन्ने होडबाजी चलेको छ । दुई नेताको टकरावले महाधिवेशन प्रतिनिधिमा जिल्ला नेताहरु नै पराजित भएका छन् । नेता लेखक निकट रहेका जिल्ला सभापति हरिप्रसाद बोहरा, उपसभापति बन्धु राना र सचिव ईश्वरी जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा नेता साउदको निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि पराजित भएका हुन्, जबकी उनी जिल्ला सभापतिमा दोहोरिने तयारीमा थिए । उपसभापति राना कञ्चनपुर–१ बाट महाधिवेशन प्रतिनिधि पराजित भएका हुन् । जिल्ला सचिव जोशी भने लेखककै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४