Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाइलटको ‘ड्यूटी आवर’ सकिँदा सल्ले पुग्नुपर्ने यात्रु नेपालगञ्जमै रोकिए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 5.7K
    SHARES

 काठमाडौं । काठमाडौंबाट रुकुमको मुसिकोटस्थित सल्लेका लागि टिकट काटेका ८ जना यात्रुलाई नेपाल एयरलाइन्सले आइतबार साँझ नेपालगञ्ज ओराल्यो । त्यसको कारण बन्यो, पाइलटको फ्लाइट आवर सकिनू ।

यही घटनालाई लिएर नेपाल एयरलाइन्सको चर्को आलोचना भएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानविन गर्न नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका छन् । कार्यकारी अध्यक्ष अधिकारीले यसबारे आफूले पाइलटलाई सोधेको जन न्युज नेपाल खबरलाई जानकारी गराए । जहाज पाइलट पेम्बा शेर्पाले उडाएका थिए ।

  • किन लगियो नेपालगञ्ज ?

नेपाल एयरलाइन्ससँग अहिले आन्तरिक उडानमा १८ सिट क्षमताका दुई वटा ट्वीनअटर जहाज मात्र छन् । दुवै जहाज नियमित सेड्यूल बनाएर भने उड्दैनन् । नेपाल एयरलाइन्स व्यवस्थापनले यात्रुको चाप हेरेर कुनै दिन पूर्वी, कुनै दिन सुदूरपश्चिम र कुनै दिन कर्णालीका गन्तव्यमा उडाउने गरेको छ ।

एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार आइतबार बिहान ५ः१५ मा ‘क्रु मेम्बर’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाइएको थियो । तर मौसम प्रतिकुल भएका कारण काठमाडौं–सल्ले उडान हुन सकेन । उडान रद्द गरेर क्रु मेम्बर र यात्रुहरुलाई घर पठाएको थियो । तर मौसममा सुधार आउको खबर पाएपछि एयरलाइन्सले क्रु–मेम्बर र यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलायो । २ बजे सल्ले उडान भर्ने तय भयो । सल्लेस्थित विमानस्थलमा समेत फ्लाइटको तयारी भइरहेको खबर पुग्यो ।

तर फ्लाइट रद्द भयो भनेर घर फर्किएका यात्रुहरु मात्र होइन, क्रु मेम्बर पनि समयमै विमानस्थल आइपुगेनन् । उनीहरु आएर उडान भर्ने बेला ३ बज्नै लागेको थियो । त्यसपछि एयरलाइन्स व्यवस्थापनले विमान सल्ले होइन, नेपालगञ्जसम्म मात्र उडाउने निर्णय गर्‍यो । किनकी बिहान ५ः१५ बजे नै ड्युटीमा आएका पाइलटको ड्युटी आवर ४ बजे पुरा हुन्थ्यो । सल्ले पुगेर नेपालगञ्ज फर्किन भ्याउँदैनथे । नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियम अनुसार यो जहाज दैनिक १० पटक अवतरण वा १० घण्टा उडान अवधि (जुन पहिला आउँछ, त्यही) पुरा भएपछि पाइलटले जहाज उडाउन पाइँदैन । सल्लेमा रात्रिकालीन उडानको सुविधा पनि छैन, साँझ परेपछि अवतरणमा समस्या हुनसक्ने भएकाले सल्ले उडान नगर्ने निर्णय भयो ।

त्यसपछि विमानस्थलको एटीसी र सल्ले जाने यात्रुहरुलाई नेपालगञ्जसम्म मात्र उडान भर्ने जानकारी गराइयो । ‘पाइलट शेर्पाले नियम अनुसार ४ बजेसम्म मात्र उडाउन पाउने भएकाले उहाँको फ्लाइट आवर सकिएको हो,’ एयरलाइन्सका अपरेशन प्रमुख ज्वार्चनले जन न्युज नेपाल  खबरसँग भने, ‘यात्रुलाई जानकारी गराएरै निगमले नाइटस्टपका लागि जहाज नेपालगन्ज पठाएको हो ।’ विमान कम्पनीका कारण गन्तव्यमा पुग्न नपाएका यात्रुको व्यवस्थापन सम्बन्धित कम्पनीले गर्नुपर्छ । यही नियमानुसार नेपाल एयरलाइन्सले उनीहरुलाई नेपालगञ्जमा होटेलमा राख्यो र सोमबार बिहान रुकुम पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४