सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ । नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको बताए । ‘सुरुमा कुन दलको कार्यालयमा कति बजे जाने भन्ने समय फिक्स्ड छैन, हाम्रो नियमित विरोधको कार्यक्रम सकेर ध्यानाकर्षण गराउन जान्छौं,’ उनले भने ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बारले उनको राजीनामा माग्दै गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ । विरोध कार्यक्रमअन्तर्गत नै आइतबार सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा कानून व्यवसायीहरूले बहस पैरवी रोकेका थिए ।
