Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफुले निर्वाचनमा गरेको बाचा ९० प्रतिशत सम्पन्न गरेको गाउँपालिका प्रमुख सुनुवारको दावी !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 5K
    SHARES

काठमाडौँ / रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आफुले नागरिक सामु गरेको बाचाको ९० प्रतिशत काम पूरा गरेको बताएका छन् । जन न्युज नेपाल खबर प्रतिनिधिसंग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचाहरु आफुले ९० प्रतिसत पूरा गरेको र अब १० प्रतिसत मात्रै बाकीं रहेको बताएका छन् ।

गाउँपालिका प्रमुख सुनुवारले अन्य स्थानीय तहमा वडा कार्यालय नहुदा भाडामा बसेर काम गर्नका साथै गाउँपालिका केन्द्रमा कर्मचारी बसेर काम गरेको बताएका छन्। सुनुवारले भने गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र सबै वडाको काम वडा कार्यालयबाट सञ्चालन भएको बताएका छन्। साथै सुनुवारले गाउँपालिकामा अस्पताल नहुँदा नागरिक धेरै समस्यामा रहेको आफुले देखेको र आफु अध्यक्ष भएसँगै अस्पताल स्थापना गर्न पर्छ भनेर लागेको र अस्पताल स्थापना भएर उपचार पनि सुरु भइसकेको बताएका छन् ।

गाउँमा अस्पताल नहुँदा नागरिकहरु कि त जिल्ला सदरमुकाम मन्थली कि त काठमाडौं उपचारको लागि जानु पर्ने अवस्था थियो । नागरिकलाई ठूलो आर्थीक भार त थियो नै गम्भीर खालका बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्दा कतिले अकालमा ज्यान गुमाउनु परेको अवस्था थियो । अहिले अस्पताल सञ्चालनमा ल्याएका छौ । ती सबै समस्या हटेर गएको छन  गाउपालिका प्रमुख सुनुवारले भने ।
त्यस्तै उनले कुरा गर्दै गाउँपालिकामा सडक भएपनि सडकको अवस्था राम्रा नभएको अवस्था थियो ।

अहिले कालोपत्रेको काम भइसकेको भन्दै सदरमुकाम जान र उत्पादित बस्तु निकासा गर्न कुनै पनि समस्या नभएको बताएका छन् । युवाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले कृषि पेशामा आकर्षण गराउनको साथै अन्य ब्यवसाय गर्ने युवाहरुलाई अनुदान दिएर युबाहरुलाई बिदेश जान रोक्ने प्रयास गरेको बताएका छन् । खानेपानीको अभाब भएको स्थानमा आफु गाउँपालिका प्रमुख भएसँगै एक घर एक धारा कार्यक्रम सञ्चालन गरीरहेको भन्दै गाउँपालिकामा बिकासले गति लिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४