सिन्धुली / नेपाली कांग्रेसकि नेता तथा बागमती प्रदेश संसद बिजुला बर्माद्दारा आज केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदार घोषणा गर्दै सानै उमेरमा विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा प्रारम्भ गरेकी बिजुला बर्मा राणा सिन्धुली जिल्ला क्षेत्र न. २ को केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बलियो उमेदवारको रुपमा देखिएकी छन् । राजनीतिक यात्राको हरेक लोकतान्त्रिक आन्दोलन र सामाजिक कार्यमा गतिशील रुपमा उहाले अग्रणी भूमिका निभाउनु भएको उहाको योगदानहरु प्रसंसनियछन ।
आफ्नो जीवनका हरेक महत्वपूर्ण क्षणउर्जा राजनीतिमा लगाएका र राजनीतिमा नै आफ्नो इतिहास बनाएका र नयाँ नेपाल निर्माणको निम्ती सुनौलो सपना र योजना बोकेका इमान्दार संघर्षशिल व्यक्तित्वलाई कांग्रेसको १४ औ महाधिवेशनमा योगदान क्षमता र कार्य योजनाको आधारमा आफ्नो अमुल्य मत दिएर विजय गराउनु हुन् बिनम्र अनुरोध गर्दछु ।

“नेपाली कांग्रेसमा सुधार , समृद्ध नेपालको आधार”
नेपाली राजनीतिमा यात्रा शुरु गरे देखि नै आजसम्म आफ्नो तन मन र हिर्दय देखि नै देश र जनताको सेवामा समर्पित हुदै देखेका सुनेका र आफ्नो भोगाईलाई परिबर्तित राजनीतिमा उजागर गर्ने उद्देश्य लिएर आफ्नो पाइलालाई अगाडी बढाउदै आउनु भएको छ
बिजुल बर्मा राणाले भन्नु हुन्छ तपाईहरुको माया स्नेह मार्ग दर्शन एबम बलियो साथ पाएर मात्रै सम्भब भएको हो १४ औ महाधिवेशन पाटीलाई जीवन्त राख्नको लागि सहि निर्णय लिने समय हो यो तपाई हाम्रा लागि ठुलो अवसर र चुनौती पनि हो । हाम्रो निर्णयले पार्टीको भविष्यलाई सपार्न पनि सक्छ र बिगार्न पनि सक्छ ।
तपाईहरुको सहि निर्णयको एउटा पात्र रोज्नु होस् जुन पात्रले तपाईहरुको हरेक कदमलाई साथ् दिन सकोस । यसै अवसरमा मैले पनि आफ्नो उम्मेदारी घोषणा गरेको छु । आफुलाई उम्मेदारको रुपमा प्रस्तुत गरेको छु तपाईहरुले दिनु भएको स्थानमा नेपाली कांग्रेसको आदर्श भित्र रहेर निष्ठापुर्बक समर्पित हुनेछु । यहाले गर्नु भएको विश्वास र भरोसालाई इमान्दारीपूर्वक निभाउने संकल्प गर्दछु ।
- मेरो प्रतिवद्दता र संघर्ष
लोकतान्त्रिक मूल्य मान्यता अनुसार चलेमा लोकतन्त्रमा मात्र देशको सर्वांगिक विकास सम्भब छ भन्ने मूल मन्त्र मेरो मनमस्तिष्कमा जब आयो तब देखि सारा महत्वपूर्ण समय संगठनको लागि दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो संगठनको विस्तार सुदृढीकरण र बिकासमा निरन्तरता दिदै २०४६ सालको जन आन्दोलन र २०६२-२०६३ को तेस्रो जन आन्दोलनमा जेलनेल सहित महत्वपूर्ण भूमिका निभाउदै आजसम्म आईपुग्दा निम्न पदहरुमा रही कम गरेको छु !
- सांगठनिक यात्रा
१ , २०४७ कोषाध्यक्ष ने.बि.संघ सिन्धुली क्याम्पस इकाई ।
२ , २०४७-२०५१ सदस्य ने.बि.संघ सिन्धुली जिल्ला कार्य समिति।
३ , २०४८-२०५१ सदस्य नेपाल महिला संघ सिन्धुली जिल्ला कार्य समिति।
४ , २०४८ सदस्य नेपाली कांग्रेस सिन्धुली जिल्ला क्षेत्रिय समिति क्षेत्र न. २ ।
५ , २०४९-२०५१ सदस्य नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति ।
६ , २०५१ सह-सचिव ने.बि.संघ जनकपुर काठमाडौँ सम्पर्क समिति ।
७ , २०५३ सह-सचिव ने.बि.संघ स्ववियु पद्मकन्या कलेज काठमाडौँ ।
८ , २०५५ उप-सभापति ने.बि.संघ स्ववियु पद्मकन्या कलेज काठमाडौँ ।
९ , २०५६-२०५९ सदस्य ने.बि.संघ केन्द्रीय कार्य समिति (निर्वाचित) ।
१० , २०५८ छात्रा बिभाग प्रमुख ने.बि.संघ केन्द्रीय कार्य समिति ।
११ , २०५९-२०६१ ने.बि.संघ केन्द्रीय कार्यसमिति (निर्वाचित) ।
१२ , २०६१-२०६२ उपाध्यक्ष ने.बि.संघ केन्द्रीय कार्य समिति ।
१३ , २०४८ साल देखि हालसम्म क्रियाशील सदस्य नेपाली कांग्रेस ।
१४ , २०६९ केन्द्रीय सदस्य नेपाल महिला संघ ।
१५ , २०६९ कोषाध्यक्ष प्रजातन्त्र सेनानी संघ सिन्धुली ।
१६ , २०७० समानुपातिक उम्मेदवार संबिधानसभा निर्वाचन ।
#“ राजनीति देश र जनतालाई केन्द्रमा राखेर गरिने त्याग र सेवाभाव हो । “