Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडेल नेतृत्वको राजनीतिक समन्वय समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 2.2K
    SHARES

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । सरकार सञ्चालनलाई सहयोग गर्न गठित समितिको पहिलो बैठक आज बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दिउँसो तीन बजे बस्ने समिति संयोजक रामचन्द्र पौडेलको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरु सदस्य छन् । कांग्रेसबाट वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य छन् । आलोपालोमार्फत् दुई–दुई महिनामा समिति संयोजक परिवर्तन गर्न दलहरुबीच सहमति छ ।

संविधानबाहिर गएर राजनीतिक समिति गठन गरिएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि समिति गठनको विरोध गर्दै आएको छ । तर संयोजक पौडेलले सरकारलाई सहयोग गर्न समिति गठन गरिएको भन्दै बचाउ गर्दै आएका छन् । समितिले सरकारको कामकारवाहीमाथि नियन्त्रण र हस्तक्षेप नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४