Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिगका लागि टिकट दर निर्धारण, हप्तामा चार दिन मात्र खेल हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । मंसिर ३ गतेबाट आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लगि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर निर्धारण गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनबाट दर्शकलाई रंगशालामा प्रवेश दिने तयारी भएको भन्दै टिकटको मूल्य निर्धारण गरेको जनाएको हो ।

दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटतर्फ एक सय र भीआईपी प्यारापिटतर्फ पाँच सय रूपैयाँ टिकट निर्धारण गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो ।

एन्फाले गत संस्करणको लिगमा भन्दा धेरै दर्शक लक्ष्य राखेर टिकट मूल्य घटाइएको जानकारी दियो । यस्तै लिगलाई उपत्यकाबाहिर लाने योजना स्वरूप मनाङले प्रस्ताव गरेको मैदानमा खेल खेलाउने या लिगका दुई चरणका खेलहरू पोखरामा खेलाउने तयारी भइरहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले संकेत गर्नुभयो ।

ए डिभिजन लिगका निर्देशक सञ्जीब मिश्रले दुई चरणका खेल तालिका सार्वजनिक भइसेकको र बाँकी खेलका लािग खेल स्थलको टुङ्गो लागिसकेपछि निर्धारण हुने इंकित गर्नुभयो । निर्देशक मिश्रले एक सातामा चार दिन खेल सञ्चालन गर्ने लक्ष्य अनुसार शुक्रबार, शनिबार, आइतबार र सोमबार खेल हुने बताउनुभयो ।

मनाङ मस्र्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रंगशाला भएकाले केही खेल त्यहाँ गराउने विषयमा पनि छलफल भइरहेको एन्फाले जनाएको छ । यसअघि कात्तिक २९ गतेदेखि नै लिग सुरु हुने बताइए पनि अन्तिम समयमा आएर आयोजक एन्फाले प्राविधिक कारण देखाउँदै लिग तीन दिन पछि धकेलेको हो ।

पहिलो चरणका खेलहरू शुक्रबार र शनिबार दुवै दिनका खेल दशरथ रंगशलामा तथा आइतबार र सोमबार एन्फा कम्प्लेक्समा हुने एन्फाले जानकारी दियो । त्यसपछिका खेलको तालिका भने केही खेल पछिमात्र निर्धारण गर्ने एन्फाको तयारी छ ।

यस्तै लिग सुरु हुनुअघि कोभिड नेगेटिभको रिपोर्ट बुझाएका खेलाडीलाई प्रतियोगिताका दौरान कोरोना संक्रमण भए क्लब र परिवारलाई बोझ नदिने भन्दै त्यसको उपचारको जिम्मा एन्फाले लिने महासचिव तुलाधरले बताउनुभयो ।

लिग सञ्चालनका लागि एन्फाको बजेट करिब ६ करोड ५० लाख रहेको र त्योमध्ये १ करोड ५० हाराहारीमा कतार एयरवेजले बेहोर्ने छ । नयाँ सिजनको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत मंसिर ३ गते फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशालामा उद्घाटन खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४