Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रौतहटको क्रियाशील सदस्यता सार्वजनिक, सानेपामा अनसन जारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 3.4K
    SHARES

 काठमाडौं। वडा अधिवेशन सुरु हुन तीन दिनअघि नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो । रौतहटको विवाद सुल्झिएसँगै कांग्रेसले ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको हो । रौतहटमा पनि कात्तिक २७ गते नै वडा अधिवेशन हुने समितिले जनाएको छ ।

क्रियाशील सदस्यता धाँधलीपूर्ण रुपमा वितरण गरेको आरोप लगाउँदै कांग्रेसको केन्द्रीय कार्यालय सानेपमा जारी अनसन भने नरोकिने भएको छ । १११ दिनअघि सानेपामा रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र-१ का केही नेता कार्यकर्ताहरु रिले अनसनमा छन् ।

रौतहट कांग्रेसका कोषाध्यक्ष राम श्रेष्ठ साहले आफूहरुको माग सम्बोधन नभएकाले अनसन नरोकिने बताए । ‘जुन क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ, यसमा हाम्रो सहमति छैन,’ उनले अनलाइनखबरसँग भने, ‘१३ औं महाधिवेशनमा सहभागी नभएका २१६ जनाको सदस्यता नविकरण गरिएको छ। यो त पार्टीको विधान विपरीत भयो । हामी विधानविपरीत भएका कदमलाई स्वीकार गर्दैनौं ।’

उनले अनसन जारी राख्ने भन्दै आफूहरुको माग सम्बोधन नभएसम्म वडा अधिवेशन बहिस्कार गर्ने जनाए । ‘हामी अधिवेशनमा सहभागी हुँदैनौं,’ उनले भने, ‘हामी विधिपद्धती अनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा हौं ।’

साहसहित महासमिति सदस्य डा. देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।

कांग्रेसले मंसिर २४–२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४