Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार बैठक : देशभर आन्दोलन विस्तार, गम्भीर कदम चाल्न दलहरुलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २२ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले थप कार्यक्रम घोषणा गरेको छ । सोमबार बसेको बारको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गर्ने निर्णय गरेको हो ।

अब २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्ला तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ । विहान १० देखि १२ बजेसम्म इजलास नराख्न अदालतहरुलाई अनुरोध गरिएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

उपत्यका बाहिर २८, २९ र ३० गते ९० वटै बार इकाइमा विरोध कार्यक्रम हुनेछ । पौडेलका अनुसार आन्दोलनबारे भ्रम फैलाउन खोजेको भन्दै स्वेतपत्र जारी गर्ने निर्णय पनि बारले गरेको छ ।

बैठकले अहिलेको अवस्थाबारे गम्भीर भएर उपयुक्त कदम चाल्न आग्रह गर्दै प्रधानमन्त्री र संसदहरु रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । साथै प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आह्वान समेत गरेको छ ।

बैठकले अदालत परिसरमा दंगा प्रहरी हटाउन अदालत प्रशासनसँग माग समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४