Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायालयको विवाद चाँडै सुल्झियोस् भन्ने सरकार चाहन्छ–गृहमन्त्री खाँण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २२ २०७८
  • 2.5K
    SHARES

जनपुरधाम, । गृहमन्त्री बालकृष्ण खाँणले न्यायालयमा देखिएको विवाद चाँडै सुल्झाइयोस् भन्न्े पक्षमा सरकार रहेको बताउनुभएको छ ।

जनकपुरमा पत्रकारहरुसँग गृहमन्त्री खाँणले न्यायालयको विवाद समाधानको लागि सरकारमा सहभागी दलले निर्णय गर्न लागेको जानकारी पनि दिनुभयो।

न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका तीन वटै अंगमा गतिरोध देखिएको स्वीकार्दै गृहमन्त्री खाँणले एमालेकै कारण नागरिकता विधेयक पारित गर्न नसकिएको आरोप लगाउनुभयो ।

विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको भन्दै उहाँले सदनको गतिरोध हटाउन एमालेलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४