Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जनाकाे अवस्था गम्भीर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह–चालक रहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४