उनले प्रधानन्यायाधीशसँग सम्वाद गरिरहेका न्यायाधीशहरूलाई पनि सतर्क रहन आग्रह गरे ।
इजलास बहिस्कार गरेका न्यायाधीशहरूको तर्फबाट तीन न्यायाधीशले जबरासँग वार्ता गरेका थिए । उनीहरूतर्फ संकेत गर्दै श्रेष्ठले अघि भने, सतर्क रहनुहोला, बारलाई बाइपास गरेर कुनै निर्णय नगर्नुहोला ।’
नेपाल बारका पूर्वमहासचिव समेत रहेका श्रेष्ठले जबराको नेतृत्वमा न्यायापालिका स्वतन्त्र हुन नसक्ने र भ्रष्टाचार नियन्त्रण पनि नहुने बताए । न्यायालय र स्वयं जबराको व्यक्तित्वमा थप क्षति हुन नदिन प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनुको विकल्प नभएको श्रेष्ठले बताए । ‘राजीनामा दिनु भएन भने उहाँको व्यक्तित्वको क्षय त हुन्छ, न्यायालयको पनि क्षय हुनेछ,’ उनले भने ।
प्रधानन्यायाधीश जबराले भोलि १७ गतेसम्म राजीनामा नदिए नेपाल बार एशोसिएसनले थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने समेत उनले बताए ।
