Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठाेक्किएकाे छ । जहाज आज बिहान करिब ६ बजेर २० मिनेट जादा बँदेलसँग ठक्किएकाे हाे।

नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्ने तयारीमा रहेको थियाे । धावनमार्ग वरपर घाँसे मैदान भएकाले त्यहाँबाट बँदेलका बच्चा आएको हुन सक्ने बताइएको छ ।

विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको छ।जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जनाएको छ । जहाजमा १४ यात्रु सवार जहाजका यात्रु र चालक सकुशल रहेका छन्।

करिब आधा घन्टा विमानस्थल बन्द गरेपछि अहिले सुरु गरिएको छ । विमानस्थलमा जंगली जनावरले यसअघि पनि दुख दिने गरेको थियो। अहिले घास काट्ने तयारी गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४