Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखको कार्यक्षमता र भूमिकामाथि शंका, संसद ‘पङ्गु’ बन्दा संसदीय व्यवस्थामाथि नै प्रश्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १५ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । ५१ दिन चलेको संसदको नवौं अधिवेशनका १२ दिनमा १३ वटा बसे पनि सबै बैठक प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेको निशानामा परे ।

लगातार अवरुद्ध भइरहँदा पनि सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न आवश्यक पहल गर्न सक्नुभएन । लामो समयसम्मको सदन अवरोध हटाउन नसकेपछि सभामुख सापकोटाको कार्यक्षमता र भूमिकाप्रति नै प्रश्न उठेको छ ।

संसदको नवौं अधिवेशन हाँस न बकुल्लाको चाल हुनुको कारण हो– सभामुख सापकोटा र प्रमुख विपक्षी दल एमालेबीचको टकराव । पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त नगरेपछि सभामुख एमालेका सांसदहरुको तारो बने ।

पार्टीले कारबाही गरेका सांसद पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने एमालेको माग, अदालतमा प्रवेश गरेको तथा म्याद सकिएको विषयमा निर्णय नदिने सभामुखको अडानले सदन अनिर्णयको बन्दी बनिरह्यो ।

सदन सुचारुको पहलस्वरुप सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक विपक्षी दल एमालेले बहिस्कार गरेपछि थप पहल हुन सकेन । सभामुखले पदीय दायित्व निर्वाह नगर्दा संसद नचलेको पूर्व कानुनमन्त्री प्रेमबहादुर सिंह बताउनुहुन्छ ।

‘सभामुखले पदीय दायित्व पूरा गर्न सक्नुपर्थ्यो तर सक्नुभएन, आफूले स्थापित गरेको नजिर पनि पालना गर्नुभएन,’ उहाँ भन्नुुहुन्छ, ‘पदीय दायित्व पूरा नगरेपछि विपक्षीले सदन अवरुद्ध गर्न बाध्य भएको हो, यो एकदमै दुःखको कुरा हो ।’

संसद अधिवेशन अन्त्य भइसके पनि विपक्षी दल नेकपा एमालेको सभामुखप्रतिको आक्रोश अन्त्य भएको छैन । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई संसदीय प्रणालीको कलंकको संज्ञा दिँदै कटाक्ष गर्नुभयो ।

संसद सुचारु गर्न सभामुखले त पहल गर्न सकेनन् नै, संसद अवरुद्धप्रति सरकार पनि अनविज्ञ जस्तै देखियो । सदनलाई प्रभावकारी ढंगले अगाडि बढाउन सरकारको पनि उत्तिकै भूमिका रहन्छ । संसदमा देखिएको असामान्य अवस्था अन्त्यको लागि सभामुख र सरकार संवेदनशील नहुँदा आगामी संसद अधिवेशन पनि सुचारु हुनेमा पूर्व कानुनमन्त्री सिंहको आशंका छ ।

संसदको चालु अधिवेशन अन्त्य भइसकेको छ । तर। सभामुख र विपक्षी दलबीचको टकराव उस्तै छ । आगामी संसद अधिवेशन पनि दुईपक्षबीचको टकराव र प्रतिशोधले निकम्मा बन्ने निश्चित छ । यो वा त्यो बहानामा जनप्रतिनिधिमूलक सर्वोच्च निकाय ‘संसद’ पङ्गु बन्दै जाँदा संसदीय व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४