Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनसँग कसरी लड्ने भन्नेबारे ग्लास्गोमा बहस सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १५ २०७८
  • 2.3K
    SHARES

एजेन्सी । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्नेबारे गरमागरम बसहमा जुटेका छन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका मुलुक, आद्योगिक राष्ट्र र कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् ।

चीन, भारत र ब्राजिललगायत प्रमुख अर्थतन्त्रहरूले कोइला र वन फँडानी जस्ता मुद्दाहरूमा आफ्नो प्रतिबद्धतालाई कडा पार्न दबाबको सामना गर्नु पर्ने संभावना देखिएको छ ।

कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् । सम्मेलनको आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व निकै संवेदनशील घडीमा पुगेको प्रतिक्रिया दिनुभएको छ ।

२१औं सताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम बृद्धिलाई १.५ डिग्री वा बढीमा २ डिग्री सेन्टिग्रेडभित्र सिमित गर्ने विश्वव्यापी प्रतिवद्धता आए पनि अहिलेकै अवस्था रहे त्यो २.७ डिग्रीसम्म पुग्ने चेतावनी विज्ञहरुले दिएका छन् । जसको एउटै परिणाम हुने छ, जलवायु प्रकोप ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४