राष्ट्रिय संगीतकर्मी संघको केन्द्रिय कमिटीले उठाएका मागहरुको बिषयमा पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको छ : रजिष्ट्रार अर्याल
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं असार २९ गते शुक्रबार :-

काठमाडौं- प्रतिलिपि अधिकार कार्यालयका रजिष्ट्रार प्रकाश अर्यालले पाईरेसी अन्त्यको लागि प्रतिलिपिको कार्यालय लागि परिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘विभिन्न संगितकर्मीहरुले उठाएका मागहरु समयसापेक्ष छन्, कलाकारहरुका मागहरु सम्बोधन गर्नको लागि सरकार सकारात्मक छ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तपाईहरुका मागका सम्बन्ध के गर्ने भनेर गृहकार्य गरिहरेको छ, तपाईहरुका जायज र तत्काल सम्बोधन गर्न सकिने मागहरु पूरा हुन्छन् ।’
सरकारसमक्ष संगीतकर्मीहरुको विभिन्न ११ बुँदे माग
त्यस्तै कार्यक्रममा संगीत रोयल्टी समाजका महासचिव तथा संगीतकार महेश खड्काले संगीत बोर्डको स्थापनाको लागि आफूहरु निरन्तर लागि रहेपनि सफलता पाउन नसकेको स्विकार गरे ।
उनले भने,‘संगीत क्षेत्रलाई व्यबस्थित बनाउनको लागि हामीले विगतदेखिनै आवाज उठाउँदै आएका छौं, वर्तमान समयमा गीत संगीतको संरक्षण, सम्वद्र्धनको लागि र कलाकारहरुको उचित व्यबस्थाको लागि सबै कलाकाहरु एउटै स्थानमा उभिन जरुरी छ ।’
संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संस्थामा प्रथम उपाध्यक्ष प्रकाश कटुवालले संगीतकर्मी संघले सरकारसमक्ष पेश गरेका ११ बुँदे मागहरु पूरा भएको खण्डमा केही हदसम्म कलाकारहरुका अधिकार स्थापित् हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने,‘गीत संगीत क्षेत्रमा धेरै संघ–संस्थाहरु छन्, सबैले उही प्रकारका मागहरु राखिरहेका छन्, तर संगीतकर्मी संघमा सबै बिधाका कलाकारहरु अटाउने एउटामात्रै संस्था हो, हाम्रो संस्थाले उठाउँदै आएका मागहरुको ’बिषयमा सरकार गम्भिर हुनुपर्छ, यदि मागहरु सम्बोधन भएनन् भने हामी शान्तिपूर्ण रुपमा अधिकारको लागि पहल कदमीहरु चाल्न बाध्य हुनेछौं ।’
कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, राष्ट्रिय सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष रमेश दुलाल ‘कागे’, श्याम सुन्दर धिताल, अमृत खाती, सचिव शर्मिला श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो । संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।
संगीतकर्मीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमक्ष पेश गरेका ११ बुँदे मागहरु यस्ता छन्ः
१. समग्र सांगीतिक क्षेत्र भित्रको विकृति विसंगतिको अन्त्यको लागि संगीत विकास बोर्ड गठन गरिनु पर्ने ।
२. कलाकार कसैको सजाउने गहना होईनन्, राष्ट्रका अभिन्न अंगका रुपमा स्थापित गरिनु पर्ने ।
३. सबै निकायमा हाम्रा गीत बजाए र गाय वापत कलाकारलाई रोयल्टी पाउनु पर्ने ।
४. कलाकारले सबै निकायबाट प्राप्त गरेको रोयल्टी कुनै कलाकारलाई मर्का नपेर्न गरि समानताको सिद्धान्तका आधार वितरण गर्नु पर्ने ।
५. सबै कलाकर्मीलाई समेट्ने गरि सरकारले कलाकर्मी अक्षय कोष निमार्ण गर्नुपर्ने।
६. पाईरेसीको समुल अन्त्य गर्नुपर्ने । प्रतिलिपि रजिष्टार सरकारी कर्मचारी पाल्ने निकाय मात्र भएका कारण प्रहरी सेलको गठन गरिनुपर्ने ।
७. नेपाली कला र संस्कृति नेपाली मौलिकता हो । तसर्थ नेपाली मिडिया मार्फत निःशुुल्क प्रसारण गर्नुपर्ने ।
८. हरेक प्रदेशमा संगीत पाठशाला खोलिनु पर्ने ।
९. विद्यालयका पाठ्यक्रममा संगीत विषय अनिवार्य गरिनुपर्ने ।
१०.नेपाली चलचित्र र गीत संगीत बिदेशमा लैजादा विषेश सहलिएत दिईनु पर्ने, कर लगाउन नपाईने ।
११.अपाङगता, उत्पीडित, असाहय संगीतकर्मीलाई छुट्टै व्यबस्था गरेर, सडकमा गीत गाएर यस क्षेत्रको बद्नाम हुनेगरि भएका कार्यहरु तत्काल बन्दगरि उनीहरुको राज्यबाट उचित उपचार हुनुपर्ने कुरा को जोड दार माग गरिएको छ।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामि सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामि मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिनु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Healthplus Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
