Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीका ४ सीटमा कसले मार्ला उपचुनावमा बाजी ? शक्ति परीक्षणका रुपमा हेरिएका यी हुन् प्रतिनिधिसभाका ४ क्षेत्र


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १३ २०७८
  • 5.3K
    SHARES

प्रतिनिधि सभाका २७५ सिटमध्ये यतिबेला चार सिट खाली छन् । माओवादी केन्द्रले नेकपा एमालेमा गएका आफ्ना चार सांसदलाई कारवाही गरेपछि खाली भएका चार क्षेत्रमा उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट यी चारवटै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचित भएका थिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह, अर्घाखाँची  क्षेत्र नम्बर १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नम्बर ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए । अबको केही महिनामा यी चारवटै क्षेत्रमा उपचुनाव हुँदैछ  ।

माओवादीले जितेका यी चारवटै क्षेत्रमा ०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । अहिले त्यो गठबन्धन भत्किएको छ भने स्वयं एमालेसमेत चोइटिएर कमजोर बनेको छ । यी चार क्षेत्रमा माओवादी पनि फुटेको छ । किनभने, जननिर्वाचित सांसदहरु नै माओवादी छाडेर एमालेतिर लागेको स्थिति छ । माओवादी केन्द्रका सांसदले दल त्याग गरेका कारण यहाँ माओवादी पनि कमजोर बनेको छ ।

त्यसैले यी चारवटा संसदीय चुनाव क्षेत्रमा गठबन्धनबिनै उम्मेवार खडा गर्ने हो भने एमाले वा माओवादी दुबैले जित हात पार्न मुस्किल देखिन्छ । किनकि, कम्युनिस्ट पार्टी फुटेको स्थितिमा यहाँ अहिले नेपाली कांग्रेस बलियो शक्तिका रुपमा देखिएको छ ।

उपनिर्वाचन हुन लागेका प्रतिनिधिसभाका चारवटै सिटहरु यसअघि माओवादीले जितेका सिट हुन् । अबको उपचुनावमा सत्तापक्षीय गठबन्धनले सबै सिटमा माओवादीलाई भोट हाल्छ या चार सिटमध्ये काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक–एक सिट भाग लगाउँछन् ? यो भने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४