Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“दोहोरी च्याम्पियन”को ग्राण्ड फिनाले आज पोखरामा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १३ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ । फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ ।

‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ ।

यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ ।

त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिनेछ । साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।

‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

निर्णायकमध्येका एक रमेश बिजीका अनुसार फिनालेको सुरुआतमा तृतीय स्थानका लागि प्रतिस्पर्धामा रहेका सविन आचार्य- रीता रावतको समूह र राजेन्द्र पाठक-मीना नेपालको समूहको दोहोरी प्रतिस्पर्धा प्रस्तुति हुनेछ । त्यसपश्चात उत्कृष्ट ८ भित्रका अन्य समूहहरूको दोहोरी प्रस्तुति हुनेछ ।

केही चर्चित गायक-गायिकाहरूको समेत कार्यक्रममा विशेष प्रस्तुति रहनेछ । राजु परियार, शर्मीला गुरुङ, शिला आले, रामजी खाँण, पशुपति शर्मा, कुलेन्द्र बि.क.लगायतको प्रस्तुति हुने कार्यक्रम संचालकमध्येका एक बद्री पंगेनीले जानकारी दिए । गायक-गायिकाहरू शुक्रबार साँझ नै पोखरा पुगिसकेका छन् ।

उपाधि प्रतिस्पर्धामा रहेका दुई समूहको प्रस्तुतिपछि साँझ ७ः३० बजे विजेता घोषणा गरिनेछ ।

डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको हो ।

यसको निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । गायक बद्री पंगेनी र गायिका प्रिती आलेले यसमा कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका छन् । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको थियो ।

#दोहोरी च्याम्पियन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४